२० पुस, नुवाकोट । शुभ प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ साधारणसभा शनिबार भएको छ।
वार्षिक प्रतिवदेनअनुसार संस्थाको सेयर पूँजी गत आवको असार मसान्तसम्ममा दुई करोड एक लाख ८९ हजार तीन सय रुपैयाँ पुगेको छ।
सहकारीले १३ लाख ४२ हजार ९ सय १ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । सहकारीले २१ करोड ४३ लाख २४ हजार ४ सय ९२ रुपैयाँ निक्षेप संकलन गरी १३ करोड ९० लाख ९४ हजार २ सय २४ रुपैयाँ ऋण लगानी गरेको छ।
हाल सहकारीसँग ४ करोड ३६ लाख ३७ हजार २ सय ५५ रुपैयाँ तरलता रकम रहेको छ । जसले वित्तीय अवस्था सुदृढ रहेको जनाइएको छ।





















प्रतिक्रिया