sujim bazar advert

संगम सहकारीको कुल निक्षेप १८.३३ प्रतिशतले वृद्धि

डबली खबर     पुस १६, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Sangam Cooperative's total deposits increase by 18.33 percent
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१६ पुस, नुवाकोट । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा तथा वार्षिकोत्सवको अवसरमा संस्थाले आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ।

विदुर नगरपालिका–४, बट्टारमा रहेको संस्थाका अध्यक्ष केशव मिश्रले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद संस्थाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल निक्षेप १८.३३ प्रतिशतले वृद्धि भई करिब ३४ करोड ३९ लाख १५ हजार २७३ रुपैयाँ पुगेको छ। त्यस्तै, सोही अवधिमा ऋण लगानी ५.७० प्रतिशतले वृद्धि भई करिब ३२ करोड ३२ लाख ३ हजार २०७ रुपैयाँ पुगेको जनाइएको छ।

जगेडा कोष तथा कोषहरूमा समेत सुधार देखिएको छ भने आय–व्यय व्यवस्थापनपछि संस्थाले करिब ५ लाख ४७ हजार ३७२ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ।

कोभिड–१९ पछिको विश्वव्यापी आर्थिक मन्दी, वित्तीय बजारमा देखिएको तरलता समस्या तथा सहकारी क्षेत्रमा आएको विश्वासको संकटका बीच पनि संस्थाले योजना बनाएर अघि बढ्दा सेवा प्रवाहलाई निरन्तरता दिन सफल भएको अध्यक्ष मिश्रले बताए। सदस्यमैत्री सेवा, वित्तीय अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै संस्था अघि बढिरहेको उनको भनाइ छ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top