sujim bazar advert

डेटा सेन्टर र क्लाउड सेवा बिना नेपालको डिजिटल अर्थतन्त्र बलियो हुँदैन : चिरञ्जीवी अधिकारी

डबली खबर     पुस ६, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Data Centers Services Nepal by Chiranjeevi Adhikari
Big Education Consultancy Nuwakot
global ime bank flash loan

६ पुस, नुवाकोट । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड स्थापित हुने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी समिट’ लाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले बलियो डिजिटल पूर्वाधार बिना नेपालको डिजिटल सपना साकार हुन नसक्ने जिकिर गरे ।

प्रविधि अब केवल सुविधा मात्र नभएर अर्थतन्त्रको प्राणवायु बनिसकेको उल्लेख गर्दै उनले सुरक्षित डेटा भण्डारणको सुनिश्चितता नभए डिजिटल रूपान्तरणका प्रयासहरू दिगो नहुने धारणा राखेका थिए ।

उनले स्टार्टअपदेखि ठूला उद्योगसम्मका लागि क्लाउड सेवा अपरिहार्य रहेको बताए।

“क्लाउड पूर्वाधारले उद्यमीहरूलाई सर्भर र सुरक्षामा हुने ठूलो पुँजीगत खर्चबाट मुक्त गर्छ,” उनले भने, “इ-कमर्स, फिनटेक र आइटी सेवा निर्यातमा नेपाली युवाहरूको आकर्षणलाई मूर्त रूप दिन भरपर्दो क्लाउड पूर्वाधार अनिवार्य छ।”

विश्वव्यापी तथ्याङ्क प्रस्तुत गर्दै उनले सन् २०३० सम्ममा डेटा सेन्टर बजार ६०२ बिलियन डलरभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए ।

इस्टोनिया, सिंगापुर र भारत जस्ता देशहरूले डिजिटल पूर्वाधारमा लगानी गरेकै कारण विश्वव्यापी प्रतिस्पर्धामा अगाडि रहेको भन्दै नेपालले पनि सोही अनुरुपको रणनीति बनाउन ढिला गर्न नहुनेमा उनको जोड थियो।

नेपालको डिजिटल आकाश साइबर सुरक्षाका दृष्टिले संवेदनशील रहेको र दक्ष जनशक्तिको अभाव रहेको स्वीकार गर्दै अधिकारीले नीतिगत सुधार, दक्ष जनशक्ति र डिजिटल समावेशिता गरी तीनवटा मुख्य सुधारका बुँदाहरू अघि सारे ।

नेपालको रणनीतिक अवस्थितिको फाइदा उठाउँदै दक्षिण एसियाकै ‘टेक हब’ को रूपमा विकास गर्न सकिने सम्भावना उनले औंल्याए। सार्वजनिक-निजी साझेदारीमार्फत विदेशी लगानी आकर्षित गर्ने यो उपयुक्त समय भएको उनको भनाइ थियो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top