+
Search

ताजा अपडेट +

पपुलर +

जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा क्षेत्रपाल मावि प्रथम

डबली खबर
८ महिना अगाडी

२६ मङ्सिर, त्रिशूली । नुवाकोट जिल्लास्तरीय माध्यमिक विद्यालयहरूको विज्ञान प्रदर्शनी प्रतियोगितामा क्षेत्रपाल माध्यमिक विद्यालय प्रथम भएको छ।

शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको आयोजनामा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा भएको प्रदर्शनीमा क्षेत्रपाल माविका विद्यार्थीहरूले निर्माण गरेका सामग्रीहरूले प्रथम स्थान हासिल गरेका हुन्।

प्रदर्शनीमा पञ्चकन्या गाउँपालिका इन्द्रेणी प्राविधिक माध्यमिक विद्यालय द्वितीय र देउराली माध्यमिक विद्यालय तृतीय भए ।

प्रदर्शनीमा जिल्लाका ११ पालिकाबाट छनौट भएका ११ विद्यालयका विद्यार्थीहरूले विज्ञानसम्बन्धी विभिन्न सिर्जनात्मक सामग्रीहरू प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमा तारकेश्वर गाउँपालिकाले भने सहभागिता जनाएको थिएनन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ