२५ मङ्सिर, नुवाकोट । विदुर नगरपालिका–१ पाण्डे गाउँस्थित इन्द्रयणी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, जुत्ता र शैक्षिक सामग्री वितरण गरिएको छ।
आज एक कार्यक्रमका बीच काठमाडौँ जिल्लाको तारकेश्वर–धर्मस्थलीस्थित लायन्स क्लब ‘धमाथु’ले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई उक्त सामाग्री प्रदान गरिएको विद्यालयकी प्रधानाध्यापक रिता कुमारी बर्तौलाले जानकारी दिईन् ।
कार्यक्रममा विदुर नगरपालिका–१ का वडा अध्यक्ष लेनिन रञ्जितको उपस्थितिमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेले विद्यार्थीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।
प्राप्त न्यानो कपडा तथा शैक्षिक सामग्रीले विद्यार्थीहरूको शैक्षिक तथा स्वास्थ्यमा सहज हुने वडा अध्यक्ष रञ्जितले बताए ।
कार्यक्रममा १ नम्बर वडाका वडा सचिव विष्णुप्रसाद गजुरेल, विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष सोमप्रसाद पाण्डे, जिल्लास्थित लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।





















प्रतिक्रिया