२१ मङ्सिर, नुवाकोट । बट्टार ब्रदर्स ग्रुप नुवाकोट नेपालको ११ औं वार्षिकोत्सवकाे अवसरमा भएको रक्तदानमा ४५ युनिट रगत सङ्कलन गरिएको छ ।
लायन्स क्लब अफ नुवाकोट क्यापिटल र बट्टार ब्रदर्स ग्रुपको संयुक्त आयाेजनामा बट्टारमा भएको रक्तदानमा ११ महिला ३४ पुरुषले रगत दान गरेको ग्रुपका अध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।
जिल्लामा रगतको अभाव हुन नदिन रक्तदान आयोजना गरिएको लायन्स क्लबका अध्यक्ष युवराज अमात्यले बताए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया