१८ मङ्सिर, विदुर । नुवाकोटका सात पत्रिका प्रेस काउन्सिल नेपालको वर्गीकरणमा पर्न सफल भएको छ ।
काउन्सिलले गत बिहीबार प्रकाशन गरेको नतिजानुसार त्रिशूली प्रवाह साप्ताहिक मात्र ‘क’ वर्गीकरणमा परेको छ । २०५७ देखि प्रकाशन हुँदै आइरहेको साप्ताहिक नुवाकोट, रसुवा, धादिङ र काठमाडौंमा वितरण हुँदै आईरहेको छ ।
काउन्सिलले हरेक वर्ष पत्रिकाको गुणस्तर, प्रकाशित सङ्ख्या, नियमितताजस्ता आधार समेटेर नेपालभरका पत्रपत्रिकाको वर्गीकरण गर्दै आएको छ । सोहीअनुसार नै सूचना विभागले हरेक वर्ष पत्रपत्रिकालाई न्यूनतम अनुदान प्रदान गर्दै आइरहेको छ । यसवर्ष देशभरबाट ८२६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् ।
नुवाकोटबाट प्रकाशन हुँदै आएका त्रिशूली खबर, इमेज साप्ताहिक, नुवाकोट पुकार र नुवाकोट सन्देश ‘ख’ वर्गमा परेका छन् ।
यस्तै, त्रैमासिक साहित्यिक पत्रिका महामण्डल र रूपायन पनि ‘ख’ वर्गमै परेका छन् ।
यद्यपी जिल्ला प्रशासन कार्यालय नुवाकोटमा अहिलेसम्म ४२ ओटाभन्दा बढी पत्रिकाहरु दर्ता भएका थिए।

प्रतिक्रिया