१२ मङ्सिर, विदुर । कामको प्रगति सन्तोषजनक नभएको र तोकिएको समयमा आयोजना पूरा नगरेको भन्दै नुवाकोट जिल्लाका तीन वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरु सहित अन्य ११ वटा कम्पनीहरु माथि सार्वजनिक खरिद अनुगमन कार्यालयले कडा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको उक्त कार्यालयले ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । आफ्नो पक्षमा प्रमाणसहित अन्तिमपटक ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
कार्यालयकाअनुसार यसअघि ती कम्पनीहरूलाई ३० दिनको समयसीमा दिइएको छ । तर, तोकिएको अवधिभित्र कुनै पनि कम्पनीबाट चित्तबुझ्दो प्रतिक्रिया नआएपछि कालोसूचीसम्बन्धी प्रक्रियालाई अघि बढाउन अन्तिम मौका दिइएको हो ।
कालोसूचीमा रहेका कम्पनीहरू लवकुश कन्स्ट्रक्शन, मनकामना कन्स्ट्रक्शन र न्यू कामना–युनिभर्सल जेभी रहेका छन् ।
सार्वजनिक खरिद ऐन र नियमावली अनुसार, कालोसूचीमा परेका कम्पनीहरूले निश्चित समयसम्म सरकारी निकायबाट हुने कुनै पनि नयाँ खरिद वा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।



















प्रतिक्रिया