+
Search

ताजा अपडेट +

पपुलर +

लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना

डबली खबर
५ महिना अगाडी

१० मङ्सिर, नुवाकोट । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विदुर नगरपालिकाले दोस्रो दिन आज वडा नम्बर १ त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा सचेतना तथा सशक्तिकरण कार्यक्रम गरेको छ।

नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यका लागि सचेतनाका कार्यक्रमहरूलाई १३ वटै वडामा पुर्‍याउने उद्देश्य राखेको छ। नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले जानकारी दिँदै भनिन्, “हामी क्रमिक रुपमा यो क्रार्यक्रम लिएर हाम्रो विदुरको सबै वडामा पुग्नेछौं।”

कार्यक्रममा नगरपालिकाकी मनोपरामर्शकर्ता यशोदा रिजालले सहभागी विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई डिजिटल प्रविधिबाट हुने लैङ्गिक हिंसाका विभिन्न स्वरूपहरू र त्यसबाट बच्ने उपायहरूका बारेमा जानकारी दिइएकी थिईन् ।

कार्यक्रममा मर्यादित महिनावारी सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू पूर्व वडा सदस्य रुपा थापाले प्रदान गरेकी थिईन् । जसले महिला तथा किशोरीहरूको स्वास्थ्य र आत्मसम्मानमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइन्छ। नगरपालिकाले यस अवधिमा विभिन्न गोष्ठी, अन्तर्क्रिया र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ