८ मङ्सिर, नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो १०औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ।
सभाको अवसर पारेर संस्थाले कार्यक्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने दुई जना कर्मचारीलाई विशेष सम्मान गरेको हो ।
संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रमुख कार्यालय सहायक आयुष अधिकारी र फिल्ड क्षेत्रमा कार्यरत मिटर रिडर राजु सिलवाल सम्मानित भएका छन् ।
साधारणसभामा आयोजित विशेष समारोहका बीच सम्मानित द्वय अधिकारी र सिलवाललाई संस्थाको तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो। कर्मचारीहरूको मनोबल उच्च राख्न र कार्यसम्पादनमा निखारता ल्याउन यो सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ।
सम्मानित कर्मचारीहरूलाई संस्थाका जेष्ठ सदस्य बसन्तलाल श्रेष्ठ, विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी तथा संस्थाका अध्यक्ष सन्जिबबहादुर श्रेष्ठले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।
साथै, कार्यक्रममा डिहीगाउँ धैबुङ्ग खानेपानी सुरक्षा एवं सरसफाई समुह सम्मान गरिएको छ।
हाल संस्थामा २८ कर्मचारीहरु कार्यरत रहेका छन् ।

प्रतिक्रिया