+
Search

ताजा अपडेट +

पपुलर +

क्यान महासंघ नुवाकोटको छैठौं साधारणसभा सम्पन्न

computer association of Nepal district chapter Nuwakot 6th AGM Battar Bidur
डबली खबर
६ महिना अगाडी

६ मङ्सिर, बट्टार । कम्प्युटर एसोशिएसन अफ नेपाल (क्यान) महासंघ जिल्ला शाखा नुवाकोटको छैठौं वार्षिक साधारणसभा उत्साहका साथ सम्पन्न भएको छ। सभाले जिल्लामा सूचना प्रविधिको विकास, विस्तार र डिजिटल साक्षरता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं क्यान महासंघ बागमती प्रदेश समितिका सहसचिव पवन नेपालले प्रविधिले मानिसको जीवनशैली, कार्यालय सुशासन र व्यवसाय सञ्चालनमा ठूलो सहजता ल्याएको बताए। उनले प्रविधिको प्रयोग बढेसँगै चुनौतीहरू पनि थपिएको उल्लेख गर्दै नुवाकोट जिल्लामा डिजिटल साक्षरता र साइबर सुरक्षासम्बन्धी जनचेतना फैलाउनु अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका जिल्ला शाखा अध्यक्ष नारायणकुमार घलेले प्रविधिको क्षेत्रमा कार्यरत सबैलाई एकजुट हुन आग्रह गरेका छन् । उनले आगामी दिनमा सञ्चालन हुने कार्यक्रमहरूमा जिल्लास्थित प्रविधि व्यवसायी, सेवाग्राही, लगानीकर्ता र उद्यमीहरूलाई सक्रिय सहभागिता र सहकार्यका लागि आह्वान गरेका छन् ।

कार्यक्रममा शाखाका सचिव सुनिल श्रेष्ठद्वारा प्रस्तुत वार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अजयबाबु नगरकोटीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाले आगामी ‘आईसीटी दिवस’ को अवसर पारेर जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। साथै, क्यान महासंघ नुवाकोटको सञ्जाल विस्तार गर्न साधारण सदस्य बन्न इच्छुकहरूका लागि सदस्यता आवेदन खुल्ला गर्ने निर्णय समेत गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ