६ मङ्सिर, नुवाकोट । लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा विदुर नगरपालिकको बट्टारस्थित सुभेनियर बोर्डिङ स्कूलमा ‘लायन्स इन्टरनेशनल पिस पोस्टर २०२५’ प्रतियोगिता भएको छ।
‘टुगेदर एज वान’ अर्थात् ‘हामी एक हौं’ भन्ने मुख्य नाराका साथ आयोजित यस प्रतियोगितामा ११ देखि १३ वर्ष उमेर समूहका १४ जना विद्यार्थीहरूले सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष युवराज अमात्यले जानकारी दिए ।
विद्यार्थीहरूको सिर्जनात्मक क्षमता प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगितामा सेम्जो घलान प्रथम, स्पन्दन श्रेष्ठ द्वितीय र अभिज्ञा शाक्य तृतीय भएको उनले जानकारी दिए ।
कार्यक्रमका लायन्स ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालका फस्ट भाइस गभर्नर लायन सूर्यकुमार केसीले बिजेता तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीमा शान्तिको भावना र सिर्जनात्मक सोचको विकास गर्ने बताए।
कार्यक्रममा बोल्दै सुभेनियर बोर्डिङ स्कूलका प्रधानाध्यापक ताराबहादुर कार्कीले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा लायन्स डिस्ट्रिक्ट चिफ लायन अनुजकुमार श्रेष्ठ, जोन चेयर पर्सन लायन केशव मिश्र, लायन अम्बिका पौडेल, लायन्स क्लब अफ नुवाकोट सम्पदाकी अध्यक्ष लायन शान्ती प्रधान, लायन्स क्लब अफ नुवाकोट केपिटलका भाइस प्रेसिडेन्ट लायन सुवास श्रेष्ठ, सेक्रेटरी लायन दामोदर नेपाल, ट्रेजरर लायन लक्ष्मी प्रधान लगायतको उपस्थिति रहेको थियो ।



















प्रतिक्रिया