५ मङ्सिर, नुवाकोट । छहरेमा जारी दोस्रो लिखु छहरे महोत्सव–२०८२ मा दर्शकको उत्साहजनक सहभागिता बढ्दै गएको छ।
महोत्सव अन्तर्गत मंसिर ६ गते चर्चित कलाकारहरू प्रिति आले, उद्धव कार्की, सन्तोषी के.सी., रमेश श्रेष्ठ र प्रताप हुमागाईंको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको यो महोत्सव आगामी १४ गतेसम्म लिखु गाउँपालिका–६, छहरेमा सञ्चालन हुनेछ।
लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाएको छ।