२५ कात्तिक, विदुर । जयगणेश बहुउद्देशीय सहकारी संस्थाले ४ लाख ५९ हजार रुपैँया नाफा कमाएको छ ।
सहकारी संस्थाको प्रतिवेदनअनुसार बचत २ करोड ४५ लाख रुपैँया र ४ करोड ७९ लाख रुपैँया कर्जा लगानी गरेको छ ।
सहकारीको शेयर पुँजी २ करोड ६१ लाख २३ हजार १०० रुपैँया रहेको छ ।
सहकारीमा ४ सय ५५ जना शेयर सदस्य रहेको छ ।
सहकारीको १९ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको प्राप्त प्रतिवेदन र चालु आर्थिक वर्षको कार्ययोजना पारित गरेको छ ।



















प्रतिक्रिया