sujim bazar advert

आइसिटी अवार्ड हिमालय टिभीमा प्रत्यक्ष प्रसारण हुने

डबली खबर     कार्तिक ११, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

ict award and Himalaya tv hd collaboration MOU
Big Education Consultancy Nuwakot
global ime bank flash loan

११ कार्तिक, काठमाडौं । आइसिटी अवार्ड २०२५ को हिमालय टिभी एचडीमा प्रत्यक्ष प्रसारण हुने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा हिमालयको तर्फबाट कार्यकारी निर्देशक श्याम कँडेल र आइसिटी अवार्डतर्फबाट राजन लम्सालले हस्ताक्षर गरेका हुन् ।

हिमालयका कार्यकारी निर्देशक कँडेलले आइसिटी अवार्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यसले स्टार्टअप र उद्यमीहरूलाई प्रवर्द्धन गर्न र समग्र इकोसिस्टमको विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताए । शार्क ट्यांकसँगै आइसिटी अवार्डको साझेदारीले आईसीटी क्षेत्रको पहुँच र अवसरहरूलाई अझ व्यापक बनाउने उनको विश्वास छ ।

सम्झौता अनुसार हिमालयले आइसिटी अवार्ड २०२५ का प्रिइभेन्टसहितको विशेष एपिसोड प्रसारण गर्नेछ । मंसिरको पहिलो हप्ताबाट कार्यक्रम प्रसारण गर्न सुरू गरिने छ । कार्यक्रममा पाँच एपिसोड प्रसारण हुनेछ ।

विशेष एपिसोडमा उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधाका प्रतिस्प्रर्धीहरूको आईडिया, प्रस्तुति तथा पिचिङलाइ टेलिभिजनमा प्रशारण गरिने बताइएको छ ।

साथै पुसमा आयोजना हुने आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले पनि हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

आइसिटी अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्ड कार्यक्रम हो । आइसिटी अवार्डले नेपालको डिजिटल क्षेत्रमा काम गरिरहेकालाई प्रोत्साहन तथा महत्त्वपूर्ण योगदान दिएकालाई सम्मान गर्दै आएको छ ।

कार्यक्रमको ग्राण्ड फिनालेमा नेपालभित्र विभिन्न १४ विधा र दक्षिण एसियाका देशहरूलाई समेटेर साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड वितरण हुनेछ । साथै सातै प्रदेशका एक एक उत्कृष्ट स्टार्टअपहरूलाई समेत सम्मान गरिने छ । उत्कृष्टहरू छनौट गर्नका लागि १४ बढीको विज्ञ जुरी समिति र १५ जना बढीको विशिष्ट सल्लाहकार समित रहेको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top