+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीलाई पोशाक वितरण

saarathi saving and credit cooperative society limited provided to school track suit
डबली खबर
८ महिना अगाडी

३० असोज, नुवाकोट । सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विदुर नगरपालिका-८ हात्तिगौंडास्थित भैरुम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ।

सहकारी संस्थाका अध्यक्ष गोकर्ण रोक्काले एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबिन श्रेष्ठ, प्रधानाध्यापक शिवराम श्रेष्ठ, १०+२ का कार्यक्रम संयोजक नारायण श्रेष्ठलगायतको उपस्थितिमा विद्यार्थीहरुलाई उक्त ट्याक सुट हस्तान्तरण गरेका हुन् ।

सहकारीको सातौँ सिद्धान्त ‘समुदायप्रति चासो’ लाई आत्मसात् गर्दै उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई ट्याक सुट वितरण गरिएको सहकारीका अध्यक्ष गोकर्ण रोक्काले बताए ।

यस सहयोगले विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद गतिविधिमा थप प्रोत्साहन मिल्ने विश्वास सहकारीले गरेको छ।

सहकारी संस्थाले समुदायको दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ यो सामाजिक कार्य गरेको जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ