२४ असोज, नुवाकोट । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी पाइपलाइन मर्मत कार्यका लागि विदुर नगरपालिका-२ को केहि क्षेत्रका सडकमा सवारी तथा पैदल आवागमन बन्द हुने जानकारी गराएको छ ।
संस्थाले आज एक पत्र जारी गर्दै विदुर नगरपालिका वडा नम्बर २ शेरा नयाँ पुलमा निर्माण भईरहेको समवेलबाट नुवाकोट शीत भण्डारदेखि बर्ड स्टोन क्रसर जाने बाटोसम्म सडकमा पाईप लाईन मर्मत कार्य गर्नुपर्ने भएकोले भोलि शनिबार २५ गते बिहान ६ बजेर ३० मिनेटदेखि साँझ ६ बजेसम्म उक्त सडकखण्ड बन्द गरिने जनाएको हो। सो अवधिभर सडक पूर्ण रूपमा बन्द रहने संस्थाले जनाएको छ।
संस्थाले खानेपानीको अत्यावश्यक मर्मत कार्य सहज रूपमा सम्पन्न गर्नका सम्पूर्ण सरोकारवाला र आम उपभोक्ताहरूमा सहयोग तथा सहजीकरण गरिदिन अनुरोध गरेको छ।






























































प्रतिक्रिया