२३ असोज, भक्तपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौत्र्फी आक्रमण भइरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताएका छन् ।
पार्टीको भक्तपुर जिल्ला कमिटीले आज गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले सो कुरा बताएका हुन् । उनले एमालेमा नेतृत्वको गठन र पुनर्गठन भइरहने भएकोले यसको पनि उचित फोरमबाट निक्यौल हुने बताए ।
‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वभाविक हो । यो हुन्छ नै तर अहिले बैरीले आक्रमण गरेका बेला एकता चाहिन्छ’ ढकालले भने ‘यस्तो विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले किनारा लगाउन सक्छ । तर अहिले पार्टी भित्र एकताको खाँचो छ ।’
पार्टी पुनर्गठनका नाममा अनेक प्रकारका प्रचारबाजी गर्नु उपयुक्त नभएको उनले बताए । उनले भदौ २० देखि २२ गते सम्म भएको दोस्रो विधान महाधिवेशनले तय गरेको बाटोमा जेनजी आन्दोलनले उठाएका सही एजेण्डालाई पार्टीले समेट्ने बताए ।



















प्रतिक्रिया