+
Search

ताजा अपडेट +

पपुलर +

श्रेष्ठद्वारा मातृस्मृतिमा खाद्यान्न सहयोग

food handover to mayako maya hostel in Nuwakot
डबली खबर
६ महिना अगाडी

२२ असोज, नुवाकोट। विदुर नगरपालिका-२ स्थित शिवालयमा रहेको आमाको माया छात्रवासलाई मंगलबार खाद्यान्न सहयोग प्राप्त भएको छ।

विदुर नगरपालिका–२ की श्रीया श्रेष्ठले आफ्नी स्वर्गीय आमाको स्मृतिमा सामाजिक सेवाको भावनाले प्रेरित भई उक्त खाद्यान्न हस्तान्तरण गरेकी बताईन्। श्रीयाका तर्फबाट उनकी पिता श्रीराम श्रेष्ठ र परिवारजनले छात्रवास पुगी सामग्री हस्तान्तरण गरेका थिए ।

सामाजिक सेवाको भावले साना बालकहरूको खानाका लागि सहयोग गरेको श्रीया श्रेष्ठले बताईन्।

यस सहयोगले छात्रवासमा आश्रित २१ जना बालकहरूको दैनिक भोजन व्यवस्थापनमा ठूलो सहजता पुग्ने अध्यक्ष सोमप्रसाद पाण्डेले बताए ।

हस्तान्तरण गरिएका सामग्रीहरूमा ६ बोरा चामल, २० किलोग्राम दाल, ६ केजी चिनी, ८ लिटर तेल, १५ प्याकेट मस्यौरा र १ किलो ५०० ग्राम चियापत्ति रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ