८ असोज, नुवाकोट । चाडपर्वको अवसरमा यात्रुको सहजता र सुरक्षाका लागि नुवाकोटका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ढुंगे, बट्टार बसपार्क, ढिकुरे, गुर्जेभञ्ज्याङ, खरानीटार र कोल्पुटारमा हेल्प डेस्क सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार, यात्रु सहायता कक्षले बढी भाडा, टिकट समस्या, सूचना, समन्वय, सचेतना र आपतकालीन सहयोग प्रदान गर्नेछ ।
सहजीकरणमा खटिएका प्रहरी र स्वयंसेवकहरूले सार्वजनिक यातायात, गन्तव्य जानकारी तथा सवारी व्यवस्थापनमा सहयोग गर्ने जनाएका छन् ।
त्रिशूली–छहरे–टोखा मार्ग र मुख्य बजार क्षेत्र लक्षित गरी यात्रु सहायता कक्ष सेवा निरन्तर सञ्चालन गरिने जनाएको छ । जसले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया