+
Search

ताजा अपडेट +

पपुलर +

डिजिटल पहुँच अवरुद्ध हुँदा व्यवसाय जोखिममा परेको नास–आईटीको भनाइ

NAS-IT Nepal Association for Software and IT Services Companies
डबली खबर
८ महिना अगाडी

२२ भदौ, नुवाकोट । नेपाल सरकारले हालै सामाजिक सञ्जाल सञ्चालनका लागि निर्देशिका जारी गरेको छ ।

सुरक्षित र जिम्मेवार डिजिटल वातावरण बनाउन गरिएको यो कदमलाई राम्रो भएतापनि नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास–आईटी)ले भने केहि सामाजिक सञ्जाल प्लाटफर्ममाथि गरिएको पूर्ण प्रतिबन्धले आईटी क्षेत्र गम्भीर रूपमा प्रभावित भएको जनाएको छ।

नास–आईटीका अनुसार यो कदमले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा सेवा प्रवाह गर्ने कम्पनीहरूको दैनिकीलाई अवरुद्ध गरेको छ। परियोजना समन्वयमा ढिलाइ, ग्राहकसँगको संचारमा अवरोध, र समग्र व्यापार व्यवसायमै जोखिम बढेको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ।

संगठनले नेपालजस्तो मुलुकले विश्व बजारमा आफ्नो छवि जोगाउन र प्रतिस्पर्धी अवसर कायम राख्नका लागि अविच्छिन्न डिजिटल पहुँच अपरिहार्य भएको औंल्याएको छ।

त्यसैले, तत्काल प्रतिबन्ध फुकुवा गरी दीर्घकालीन समाधान खोज्न सरकारलाई नास–आईटीले आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ