१४ भदौ, नुवाकोट । लिखु गाउँपालिकाको छहरेमा रहेको सेई बोर्डिङ स्कुलले आफ्ना अभिभावकहरुलाई असल अभिभावकत्वको कला दिएको छ ।
आज शनिबार भएको कार्यक्रममा अभिभावक, विद्यार्थी र शिक्षकबीच आपसी अन्तरक्रिया तथा सकारात्मक पारिवारिक वातावरण निर्माण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले “असल अभिभावकत्वको कला” नामक विशेष कार्यक्रम आयोजना गरेको विद्यालयका प्रध्यानाध्यापक राजन खतिवडाले बताए ।
नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अभिभावक–शिक्षक अन्तरक्रिया, बालबालिकाको मानसिक तथा शैक्षिक विकासबारे छलफल, र अभिभावकलाई परिवारिक परामर्शसम्बन्धी आवश्यक मार्गदर्शन प्रदान गराएको छ।
कार्यक्रममा राष्ट्रिय प्रेरक क्षेत्रप्रसाद ज्ञवालीले बालबालिकाको शैक्षिक, मानसिक र सामाजिक विकासमा सकारात्मक प्रभावका बारेमा जानकारी दिएका थिए । साथै, अभिभावकहरूलाई बालबालिकाको मनोविज्ञान बुझ्न, उनीहरूको अध्ययनप्रति प्रेरित गर्न र स्वस्थ पारिवारिक वातावरण निर्माणमा सघाउने क्रियाकलाप, व्यवहार लगायत वर्तमान समयको प्रविधिको प्रयोगको बारेमा सचेतना उनले दिएका थिए ।
कार्यक्रममा वक्ताहरूले यस्ता किसिमका तालिमले बालबालिकाको समग्र प्रगति र अभिभावक–विद्यालय सम्बन्ध अझ सुदृढ हुने धारणा राखेका थिए।

प्याब्सन नुवाकोटका सल्लाहकार, पूर्वअध्यक्ष, पदाधिकारी तथा विभिन्न निजी विद्यालयका प्रध्यानाध्यापकहरु लगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यालयबाट एसइई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
विद्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै भविष्यमा अझ फरक–फरक विषयमा अभिभावक–शिक्षक–विद्यार्थी अभिमुखीकरण आयोजना गर्ने योजना समेत बनाएको छ। विद्यार्थीलाई असल बनाउनका लागि अभिभावकसँगै अन्तरकृयाकै माध्यमबाट अभिभावकलाई समेत जिम्मेबार बनाईने कार्यक्रमको उद्देश्य रहेको विद्यालयले जनाएको छ ।



प्रतिक्रिया