+
Search

ताजा अपडेट +

पपुलर +

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, सचेत रहन आग्रह

ntc connect ips
डबली खबर
८ महिना अगाडी

५ भदौ, नुवाकोट । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरूलाई हालै विभिन्न फेक अलर्ट आईडीमार्फत् मोबाइलमा आइरहेका ठगी प्रवृत्तिबाट सचेत रहन आग्रह गरेको छ।

केही दिनयता टेलिकमका ग्राहकहरूलाई म्यासेजमा नेपाल क्ल्यरिङ्ग हाउसद्वारा सञ्चालित कनेक्ट आईपिएसको खाता बन्द भएको जानकारी दिएको छ र प्रमाणीकरणको लागि शंकास्पद लिङ्क पठाएका छन्।

ती सन्देशहरूमार्फत विभिन्न युआरएल लिंकहरू खोल्न लगाई, त्यसपछि कनेक्ट आइपीएसको प्रयोगकर्ता नाम (युजर नेम) र पासवर्ड प्रविष्ट गराउन लगाएर ठगी गर्ने काम भइरहेको टेलिकमले जानकारी दिएको छ।

उक्त म्यासेजमा शंकास्पद वेब ठेगानाहरू खोल्न लगाइएको देखिएको जनाएकाे छ ।

टेलिकमले सेवाग्राहीहरूलाई यस्ता लिंकहरू कदापि नखोल्न र व्यक्तिगत विवरण कहीं पनि नहाल्न अनुरोध गरेको छ।

साथै, कम्पनीले सेवा सम्बन्धी कुनै पनि सूचना कम्पनीको आधिकारिक वेबसाइट, फेसबुक, वा एक्स (पूर्व ट्विटर) मा रहेको ब्लु टिकसहितको पृष्ठहरूबाट मात्र हेर्न तथा त्यसकै आधारमा जानकारी लिन आग्रह गरेको छ।

यस किसिमका फिसिङ (ठगी) प्रयासहरूबाट जोगिन सम्पूर्ण सेवाग्राहीहरूलाई सतर्क रहन, कुनैपनि शंकास्पद लिंक वा सन्देशप्रति प्रतिक्रिया नजनाउन र आवश्यकता परेमा कम्पनीसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ