३१ साउन, नुवाकोट । विदुर नगरपालिकाद्वारा चालु आर्थिक वर्षको नीतिगत कार्यक्रम अन्तर्गत त्रिशूली अस्पतालको लागि सुत्केरी आमा र नवजात शिशुलाई उपयोगी हुने दुईसय थान न्यानो झोला हस्तान्तरण गरिएको छ ।
शुक्रबार कार्यपालिकामा आयोजित एक कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले संयुक्त रुपमा त्रिशूली त्रिशूली अस्पताल सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीलाई हस्तान्तरण गरेका हुन् ।
नगरपालिकामार्फत् अस्पतालको लागि अत्यावश्यक रहेको जनशक्ति, औषधि-खोप, उपकरण लगायतका सहयोग सामाग्री नियमित उपलब्ध गराउने क्रममा यस वर्ष विगतको वर्षको तुलनामा न्यानो झोलाको सङ्ख्या वृद्वि गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।
‘न्यायो झोला उपहार कार्यक्रम’ले आमा र शिशु मृत्युदरमा समेत कम गर्न टेवा पुग्ने नगरपालिकाका स्वास्थ्य प्रमुख रामराजा भण्डारीले बताए ।
कार्यक्रममा विदुर नगरपालिकाका-१० का अध्यक्ष गणेश नेपाल, वडा नं. १२ का अध्यक्ष उपिन्द्र खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद प्याकुरेलज्यू, त्रिशुली अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामालगायतको उपस्थिति रहेको थियो।
नगरपालिकाले अस्पतालमा सुत्केरी हुन आउने महिला र शिशुको लागि न्याायो झोलाको व्यवस्था गर्दै आई रहेको छ ।






























































प्रतिक्रिया