२० साउन, नुवाकोट । सामाजिक संस्था समृद्ध नुवाकोटको आयोजनामा बट्टारमा रक्तदान भएको छ ।
नेपाल बजार बिक्री प्रतिनिधी सङ्घ धादिङ इकाइको सहआयोजना रहेको रक्तदानमा एक महिलासहित २८ जनाले रक्तदान गरेका छन् ।
रक्तदानमा एक महिला र २७ पुरुषले रक्तदान गरेको आयोजक संस्था समृद्ध नुवाकोटका अध्यक्ष पूर्णमानकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा रगतको कमि हुन नदिन र रक्तदाताको कमि भईरहेको अवस्थामा संस्थाले रक्तदान गरेको उनले बताए।
शिवालय सिनेप्लेक्समा भएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।
यद्यपि, नुवाकोटमा गत आव २०८१/०८२ मा रक्तदान कार्यक्रम कम हुनुको साथै रक्तदाता घटेको थियो ।

प्रतिक्रिया