+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि सरकारी कार्यालयका सबै भुक्तानी अनलाइनबाटै

digital payment
डबली खबर
१० महिना अगाडी

१ साउन, काठमाडौँ – सरकारले आज साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य विद्युतीय प्राणालीमार्फत् हुने भएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सवै निकायलाई परिपत्र गरेको थियो ।

मन्त्रालयले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको थियो । केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको हो ।

कर्मचारीको तलब–भत्ता, ठेकेदार, अनुदान, पेन्सनलगायत सबै प्रकारका भुक्तानी अनलाइन प्रणालीमार्फत बैंक खातामा जम्मा हुनेछ । जसले सरकारी खर्च पारदर्शी हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ