१९ असार, नुवाकोट । लायन वर्षको अवसरमा नुवाकोटमा क्रियाशील छ वटा लायन्स क्लबहरुले साताव्यापी कार्यक्रम गरिरहेको छ।
लायन क्लब इन्टरनेशनल ३२५आई क्षेत्र अन्तर्गतका लायन्स क्लब अफ नुवाकोट क्यापिटल, आदर्श, बाराही, ईन्द्रायणी, सम्पदा र बट्टारकाे संयुक्त आयोजनामा साताव्यापी सामाजिक कार्यको थालनी गरेको लायन्स क्लब अफ नुवाकोट क्यापिटलका अध्यक्ष युवराज अमात्यले जानकारी दिए ।
बिहीवार कार्यक्रमको तेस्रो दिन स्थानीय र प्रहरीको सहयोगमा विदुर नपा-१ त्रिशूलीमा रहेको इन्द्रायणी मन्दिर परिसर सरसफाई गरिएको छ ।
पहिलो दिन विदुर नगरपालिका-२ बट्टारमा रहेको भीमसेन माध्यमिक विद्यालयकमा अध्ययनरत छात्राहरुको महिनावारी समयमा आरामको लागि दुई थान खाट, डसना, सिरानी लगायतका सामग्रीहरु हस्तान्तरण गरेर कार्यक्रम सुरुवात गरेको थियो ।
यसैगरी, दोस्रो दिन हावाघरदेखि देविघाट जलविद्युत जाने सिंढी सरसफाई गरेको थियो ।
अङ्ग्रेजी महिनाको जुलाईलाई लायन्स क्लबले वर्ष आरम्भको रुपमा मनाउने गरिएको डिस्ट्रिक एम्बेसडर दिनेशकुमार श्रेष्ठले बताए ।






























































प्रतिक्रिया