sujim bazar advert

शैक्षिक हब बन्दै ‘विदुर ४’

सुनील श्रेष्ठ     असार १७, २०८२


Sizen Education Consultancy Pvt. Ltd.

educational hub bidur municipality ward number 4 Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१७ असार, नुवाकोट । विदुर नगरपालिकाको वडा नम्बर ४ शैक्षिक हब बन्दै गईरहेको छ । पछिल्लोसमय शैक्षिक सत्र २०८२ मा एकसाथ दुई विद्यालयमा कक्षा ११ अध्यापनको निम्ति तयारीमा छन् ।

अत्याधुनिक सुविधा सम्पन्न मात्र नभई शैक्षिक गुणस्तरलाई बृद्धि गर्ने गरी दुवै विद्यालय तयारीमा रहेको विदुर नपा-४ का वडा अध्यक्ष निलमबाबु ढुङ्गेल बताउँछन् । माध्यमिक शिक्षाअन्तर्गतको कक्षा ११ अध्यापनको लागि सामुदायिकतर्फ विदुरको पृथ्वी माध्यमिक विद्यालय र संस्थागततर्फ बट्टारको अर्किड एकेडेमी नुवाकोट रहेको वडाध्यक्ष ढुङ्गेलले जानकारी दिए ।

“वडाका ती विद्यालयका दुई विद्यार्थीले एसइई २०८१ को नतिजामा ४ जिपिए ल्याउन सफल रह्यो। जिल्लाकै उत्कृष्ट चारमा दुई विद्यालय यसै वडाको भयो ।”, वडाध्यक्ष ढुङ्गेलले भने “जिल्लामै गणस्तरीय शिक्षा प्रदान गर्ने ४ नम्बर वडा घोषित भएको छ। साथै नगरपालिकाको १३ वटै वडाभन्दा यसै वडामा शिक्षामा अब्बल देखिएको छ ।”

“विद्यालयको लगातारको उत्कृष्ट नतिजाले पनि विदुर नगरपालिका, समग्र नुवाकोट जिल्ला माझ वडा नम्बर ४ परिचित गराएको छ”, वडाध्यक्ष ढुङ्गेलले भने “उच्च शिक्षा अध्ययन गर्न काठमाडौं र जिल्ला बाहिर जान रोक्न यस किसिमको शैक्षिक संस्थाको पहली कदम प्रशंसनीय र अतुलनिय छ ।”

सामुदायिकतर्फ पृथ्वी माध्यमिक विद्यालय यस वर्षदेखि कक्षा ११ मा विज्ञान संकाय सञ्चालन गर्न लागेको छ। भौतिक संरचना, दक्ष शिक्षक र प्राविधिक तयारी पूरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । विगत वर्षदेखि उत्कृष्ट नतिजा दिँदै आएको विद्यालयले शैक्षिक सत्र २०८१ मा ९० जना विद्यार्थी ग्रेडेड भएको उनले जानकारी दिए ।

विद्यालयमा आवश्यक भवनको लागि बागमती प्रदेश सरकारबाट २५ लाख प्राप्त भएको वडाध्यक्ष तथा पृथ्वी माविका पदेन सदस्य ढुङ्गेलले जानकारी दिए । प्रयोगशालाको लागि नगरपालिका र वडाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा व्यवस्थापन गर्ने जनाए ।

यसैगरी, सोहि वडाको बट्टारस्थित अर्किड एकेडेमी नुवाकोटले पनि कक्षा ११ सञ्चालन गर्न लागेको छ। यो निजी विद्यालयहरूमा पहिलो पटकको प्रयास हो। विद्यालयले व्यवस्थापन संकायअन्तर्गत होटल व्यवस्थापन र कम्प्युटर विज्ञानको अध्यापन गराउने विद्यालयका प्रध्यानाध्यापक रामहरी रिमालले जानकारी दिए । आईसिटि ल्याब, व्यावहारिक कक्षा, यातायात सुविधा, खेलकुदलगायत अन्य सुविधा दिने भएको छ ।

जिल्लाभित्रै गुणस्तरीय शिक्षा उपलब्ध गराएर विद्यार्थीलाई राजधानी जानु नपर्ने बनाउन यस्ता किसिमको शैक्षिक कदमले लगायत जिल्ला बाहिर जाने क्रम रोकिँदै गएको छ भन्दा फरक नपर्ने नागरिक समाज नुवाकोटका उपाध्यक्ष वसन्त रिजालले बताए  ।

‘सीमित क्याम्पस, विद्यालयले सीमित शैक्षिक कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीले गुणस्तरीय शैक्षिक कार्यक्रम छनोट गर्न नपाएर विदेश कि काठमाडौं जानुपर्ने बाध्यता थियो’, युएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले भने, ‘अहिले शिक्षामा लगानी बढेसँगै साथै उत्कृष्ट नतिजा निकाल्दै जानुले पूर्व शैक्षिक हब नै बनेको छ भन्दा फरक नपर्ला ।’ 

यस्तै, बट्टारमै रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसले पनि उच्च शिक्षा अध्ययनमा कहलिएको वडा अध्यक्ष ढुङ्गेलले बताए । नुवाकोट, रसुवा र धादिङका विद्यार्थीहरुको शैक्षिक हबको रूपमा विकसित भईरहेको क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको चाप बढ्दै गएको छ ।

माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा विदुर नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयबाट परीक्षा दिएका मध्ये ७४.१६ प्रतिशत विद्यार्थी उर्तिण भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



maan bina ko dhaan Nepali Movie

प्रतिक्रिया



Top