+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विदुर नगरपालिकामा डेंगु बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान 

विदुर नगरपालिकामा डेंगु बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान 
डबली खबर
९ महिना अगाडी

१५ असार, नुवाकोट । गत महिनायता विदुर नगरपालिकामा डेंगु सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ सचेतना अभियान गरेको छ ।

आईतबार विदुर नगरपालिका-१ ढुंगेमा आयोजित अभियानको पहिलो चरणको समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष लेनिन रञ्‍जित खुल्ला रुपमा राखिएको पानीमा बढी डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सरसफाइमा ध्यान दिनसमेत आग्रह गरेका छन् ।

डेंगु सङ्क्रमण बढ्न थालेको भन्दै विदुर नगरपालिकाका स्वास्थ्य चौकीमार्फत् १३ वटै वडाहरु एक साथ लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको स्वास्थ्य प्रमुख राजाराम भण्डारीले जानकारी दिए । असार ११ गते देखि असार १५ गतेसम्म सञ्चालन भएको सचेतना अभियानमा घर, सार्वजनिकस्थल, व्यापारिक क्षेत्र लगायतका स्थानहरुमा पुगेर खुला रुपमा सङ्कलन गरी राखिएको पानीमा हुने लामखुट्टेको लार्भा नष्ट गरिएको बताए ।

यसैगरी अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय, पौडी पोखरी, कवाडी सङ्कलन केन्द्र, सवारीसाधन मर्मत व्यवसाय, हार्डवेयर पसललगायतका स्थानहरुमा बढी मात्रामा लामखुट्टेको लार्भा नष्ट गरिएको उनले जानकारी दिए ।

डेंगु सङ्क्रमणमा विदुर नगरपालिका वडा नम्बर ४ र ९ मा बढी सङ्क्रमित बिरामी रहेको उनले जानकारी दिए । जिल्लाकै मुख्य बजार क्षेत्र बट्टारको बसपार्क बढी सङ्क्रमण फैलिएको उनको भनाइ छ । हाल नगरपालिकामा ११ जनामा डेंगु सङ्क्रमण देखा परेको उनले जानकारी दिए ।

नगरपालिका क्षेत्रका विद्यालयमै पुगेर डेङ्गु सम्बन्धि रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा विद्यार्थीलाई सचेत गराईको उनले बताए ।

१३ वटै वडामा सञ्चालित अभियानमा जनप्रतिनिधि, सुरक्षाकर्मी, सरोकारवाला, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीयलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ