९ असार, नुवाकोट । मानव अधिकारका लागि महिला एकल महिला संस्थाले चार जेष्ठ एकल महिलाहरुलाई सम्मान गरेको छ ।
१५औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा उक्त संस्थाले ती महिलाहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा जगतकुमारी खड्का, ओमकुमारी पराजुली, भुवनेश्वरा ओझा र कल्पना ढुङ्गेल जेष्ठ नागरिक एकल महिलाहरु रहेका छन् ।
कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला संस्था बागमती प्रदेशका अध्यक्ष देवकी पौडेलले एकल महिलालाई समेट्ने कार्यक्रम सरकारले नल्याएको दुःख व्यक्त गरिन् । नुवाकोट जिल्लामा एकल महिला सुरक्षा कोष कार्यान्नवयका लागि केहि सातामै १२ वटै स्थानीय तहमा लागू गरिन लागेको उनले जानकारी दिईन् ।
मानव अधिकारका लागि महिला एकल महिला संस्था नुवाकोटका अध्यक्ष गङ्गा बोगटीले एकल महिलाले आफ्नो हक अधिकारको लागि सम्बन्धित निकायमा गएर लिन अनुरोध गरिन् ।
६७ जना एकल महिलाहरुको सहभागिता रहेको कार्यक्रममा डा. राजकुमार आचार्यले एकल महिला सुरक्षा कोष तथा एकल महिलाको हक अधिकारको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा विदुर नगरपालिकाको सहयोग रहेको थियो ।

प्रतिक्रिया