sujim bazar advert

शुक्रपथ सहकारी प्रहरीद्वारा सिल

डबली खबर     असार ८, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

९ असार, नुवाकोट । आर्थिक अपचलन आरोप लागेको विदुर नगरपालिका–२ बट्टारमा रहेको शुक्रपथ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको बट्टार शाखालाई प्रहरीले सिल गरेको छ ।

आर्थिक अपचलनमा असार ८ गते आइतबार सहकारीको अध्यक्ष तथा पदाधिकारीसहित कर्मचारीहरुलाई गिरफ्तार गरी प्रहरीले सहकारी संस्थालाई सिल गरेको हो ।

पक्राउ पर्नेहरुमा सञ्चालक समितिका अध्यक्ष निरहरि उपाध्याय, सदस्य जीवनराज ओझा र शाखा प्रमुख जयबहादुर थापासहित कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटका टोलीले गिरफ्तार गरेको छ । 

प्रहरीका अनुसार सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुको बचत रकम हिनामिना भएको सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top