+
Search

ताजा अपडेट +

पपुलर +

२४ जनाले गरे रक्तदान

blood donation in late ravi bogati memorable Tupche
डबली खबर
१० महिना अगाडी

७ असार, नुवाकोट । रवि बोगटीको २३औं स्मृतिमा आयोजित रक्तदानमा २४ जनाले रगत दान दिएका छन् ।

न्यू तुप्चे युवा क्लबको आयोजनामा क्लब भवन परिसरमा भएको रक्तदानमा महिला ३ र पुरष २१ जनाले रगत दान गरेका छन् ।

रक्तदानमा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, विदुर नपा-१ का वडा अध्यक्ष लेनिन रञ्‍जित लगायतले रक्तदान गरेका थिए ।

रवि बोगटी माओवादी जनयुद्धको क्रममा धादिङको सत्यदेवी गाविसमा २०५९ साल असार ७ गते सेनाको गोलीबाट मारिएका थिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ