sujim bazar advert

११५ वटा कुकुरको स्थायी बन्ध्याकरण

डबली खबर     असार १, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

community street dog bandhyakaran in Bidur Municipality
Big Education Consultancy Nuwakot

१ असार, नुवाकोट । विदुर नगरपालिकको नगरभित्रका एकसय १५ वटा सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।

जेठ २७ गतेदेखि सञ्चालन गरिएको उक्त शिविरमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण र ती सबैलाई रेबिज रोग विरुद्धको खोप लगाईएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क)को प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको उनले बताए ।

चालुआर्थिक वर्षको लक्ष्य एकसय १२ वटा भएपनि एकसय १५ वटाको बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका पशु विकास शाखाका विष्णुप्रसाद रिजालले जानकारी दिए ।

शिविरमा सामुदायिक तथा छाडा छाडिएका बाहेक समुदायमा घाइते अवस्थामा भेट्टिएका कुकुरहरुको उपचार समेत गरिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top