३० जेठ, नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ को कार्यालयले वडास्तरीय बालबालिका प्राेत्साहन कार्यक्रम गरेको छ ।
नगरपालिकाको स्वीकृत बजेट अनुसार वडाभित्रका स्थायी नागरिकका चालु आर्थिकवर्ष २०८१/०८२ मा जन्मेका २७ बालबालिकालाई पाेषण भत्ता वितरण गरिएको वडा अध्यक्ष निलमबाबु ढुङ्गेलले बताए ।
सुनौलो हजार दिने आमाहरुलाई पोषणयुक्त खानाको लागि नगद रकम तथा सरसफाइको लागि आवश्यक सामग्री प्रदान गरिएको उनले बताए ।
कार्यालयका वडा सचिव दीपक मुडभरीका अनुसार बालबालिकालाई पाेषण भत्ताबापत् एक हजार रुपैँया प्रदान गर्नुको साथै बच्चाको लागि आवश्यक झुल एक थान, रुमाल एक थान, डिटाेल साबुन चार ओटा प्रदान गरिएको छ ।

प्रतिक्रिया