२६ जेठ, विदुर । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) नुवाकोटले शनिबार आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरु बीच आयोजना गरिएको हस्तलेखन र चित्रकला प्रतियोगितामा छात्रभन्दा छात्रा अब्बल देखिएको छ ।
प्रतियोगितामा विजेता तथा पुरस्कृत हुनेमा छात्रभन्दा छात्रा बढी छ । छात्राले २४ पुरस्कार स्थानमा १९ स्थान प्राप्त गर्दा ६ स्थानमा मात्र छात्रले पुरस्कार हासिल गरेको छ ।
प्याब्सन अध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार छात्राभन्दा छात्रहरु विद्यालयस्तरमा हुने कला, सिर्जना प्रतियोगितामा कम रुचि राख्ने भएकोले यस्तो परिणाम आएको हो ।
बट्टारमा भएको उक्त प्रतियोगितामा प्याब्सनमा आबद्ध २५ विद्यालयका दुईसय ५० भन्दा बढी विद्यार्थीहरुले सहभागीता जनाएको उनले जानकारी दिए । वार्षिक कार्यक्रमअनुसार प्रत्येक महिनाको आन्तिम आईतबार सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा हस्तलेखन र चित्रकला प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
चित्रकला प्रतियोगिताको कक्षा ६-१० तर्फ सुभेनियर बोर्डिङ स्कुलका विजय घलेले प्रथम, गणेश भ्यु बाटिका इङ्ग्लिस् स्कुलकी डिना मिजारले द्वितीया, स्पार्कल इन्टरनेशनलकी अञ्जिलिना तामाङले तृतीया र सुभेनियरकै कैलाश रिमालले सान्त्वना स्थान प्राप्त गरेका छन् । यसैगरी कक्षा १-५ तर्फ दिव्यरत्न बोर्डिङ स्कुलकी बिमिशा नेपालीले प्रथम, भूपेन्द्र मेमोरियल बाल बाटिकाकी सुनिता तामाङले द्वितीय, जालपादेवी बोर्डिङ स्कुलकी दीपशिखा लवटले तृतीय र गणेश भ्युका ग्रेसोन अमात्यले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
जेठ २५ शनिबारनै भएको हस्तलेखनको कक्षा ६-१० नेपाली लेखनतर्फ स्पार्कल इन्टरनेशनल स्कुलकी सञ्जीवनी तामाङले प्रथम, नुवाकोट ग्लोरी सेकेण्डरी बोर्डिङ स्कुलकी सदिक्षा भट्टराईले द्वितीय, सेई बोर्डिङ स्कुलकी अस्बी पाण्डेले तृतीय र ओम माने पब्लिक स्कुलकी सोनिया तामाङले सान्त्वना स्थान प्राप्त गरिन् । यसैगरी, कक्षा १-५ तर्फ नुवाकोट ग्लोरी सेकेण्डरी बोर्डिङ स्कुलकी रेशिका रिजालले प्रथम, नवजीवन शिक्षा निकेतनकी प्रतिभा तामाङले द्वितीय, सेई बोर्डिङ स्कुलकी अञ्जन श्रेष्ठले तृतीय र अर्किड एकेडेमी नुवाकोटका सुदिप तामाङले सान्त्वना स्थान प्राप्त गरे ।
यसैगरी कक्षा ६-१० अङ्ग्रेजी हस्तलेखनतर्फ नुवाकोट ग्लोरीकी अनुष्का अधिकारीले प्रथम, सुभेनियरकी जस्मिन सेढाईले द्वितीय, ओम मानेकी सौजना प्याकुरेलले तृतीय र सेईकी श्रेया थापाले सान्त्वना स्थान प्राप्त गरिन् । यसैगरी, कक्षा १-५ तर्फ भएको अङ्ग्रेजी हस्तलेखनमा कल्याणकारी विद्या मन्दिरकी सिम्रिका पौडेलले प्रथम, गणेश भ्युकी आहाना राईले द्वितीय, ग्लोबल मन्टेश्वरीकी प्रमदा नेपालले तृतीय र तादी भ्यु एकेडेमीकी शान्ति तामाङले सान्त्वना स्थान प्राप्त गरिन् ।
कार्यक्रम प्याब्सन वागमती प्रदेशका संस्थापक अध्यक्ष रामहरि रिमाल, प्याब्सन अध्यक्ष अधिकारीलगायतले विजेता विद्यालयलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
चित्रकलाका उत्कृष्ट विद्यार्थीहरुले यहि जेठ ३० गते हुने प्याब्सन बागमती प्रदेशको आयोजनामा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्ने प्याब्सन नुवाकोटका सचिव रामजी भट्टले जानकारी दिए ।
प्रतिक्रिया