+
Search

ताजा अपडेट +

पपुलर +

विदुरमा खुला व्यायामशाला स्थापना

डबली खबर
१० महिना अगाडी

१७ जेठ, नुवाकोट। सदरमुकाम विदुरमा पहिलोपटक खुल्ला व्यायमशाला स्थापना गरिएको छ । विदुर नगरपालिकाले विदुरस्थित मसलाघारी विदुर पार्कमा नागरिकको पहुँचमा पुग्नेगरी खुल्ला व्यायमशाला स्थापना गरेको हो ।

शारीरिक स्फुर्ति र स्वास्थ्यका लागि आवश्यक व्यायमशाला नगरभित्रका नागरिकहरुले आवश्यकता अनुसार निःशुल्क रुपमा प्रयोगमा ल्याउने गरी खुल्ला व्यायमशाला स्थापना गरिएको नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए ।

कार्यक्रममा विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थले सार्वजनिक स्थानको संरक्षण र नागरिकको स्वास्थ्यका लागि व्यायमशाला निर्माण गरिएको बताए ।

उपभोक्ता समितिमार्फत् निर्माण गरिएको उक्त व्यायामशालाको लागत कुल छ लाख २३ हजार ४४४ रुपैँया रहेको समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ