२६ वैशाख, नुवाकोट । खुल्ला लोकनृत्य प्रतियोगितामा निर्मल तामाङ डान्स एण्ड फिटनेस सेन्टरको दुई नृत्य समुह उत्कृष्ट भएको छ ।
सुन्दरादेवी सन्देश साप्ताहिक र स्पार्कल इन्टरनेशनल स्कुलको संयुक्त आयोजनामा शुक्रबार भएको सातौँ खुल्ला लोकनृत्य प्रतियोगितामा समूह विद्यातर्फ निर्मल तामाङ डान्स एण्ड फिटनेस सेन्टर (जुनियर) प्रथम, सोही सेन्टरको (सिनियर) समूहले द्वितीय र सेई बोर्डिङ स्कुलको समूहले तृतीय भएका छन् । विजेताहरुले क्रमश: १५ हजार, १० हजार र सात हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको एकल विद्यातर्फ निर्मल तामाङ डान्स एण्ड फिटनेस सेन्टरकी आर्या कार्की प्रथम, गुडविल एकेडेमी पिपलटारकी छात्रा विनु विक द्वितीय र ओममाने पब्लिक स्कुलकी छात्रा स्मारिका विक तृतीय भएका छन् । विजेताहरुले क्रमश: ११ हजार एकसय ११, छ हजार छ सय ६६ र तीन हजार तीन सय ३३ नगद पुरस्कार प्राप्त गरेका छन् ।
विजेताहरुलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा सुजिम बजार मुख्य प्रायोजक रहेको सुन्दरादेवी सन्देश साप्ताहिकका प्रबन्ध निर्देशक किरण अधिकारीले जानकारी दिए ।





















प्रतिक्रिया