३१ वैशाख, नुवाकोट । केन्द्रीय कारागारामा रहेका बन्दीकैदीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
विदुर नगरपालिका-६ खाम्बालिक्याम्पमा रहेको कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरी यहाँका बन्दीकैदीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको हो ।
बन्दीहरूको पाईल्स, फिस्टुला र फिसर सम्बन्धि समस्याहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार चित्रकारले जानकारी दिए ।
परीक्षणमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीको विशेषज्ञ चिकित्सक टोलीले बन्दीकैदीको जाँच गरेको थियो ।
केन्द्रीय कारगारमा सातसय ८३ जना बन्दीकैदी रहेका छन् ।

प्रतिक्रिया