+
Search

ताजा अपडेट +

पपुलर +

महाकुम्भ मेला ‘वर्डक्याम्प नेपाल २०२५’ तयारी तीव्र

wordcamp nepal 2025
डबली खबर
१ साल अगाडी

५ चैत, नुवाकोट । प्रविधिको महाकुम्भ मेलाको रुपमा हेरीएको वर्डक्याम्प नेपाल २०२५ सम्मेलनको तयारी तीव्र पारिएको छ ।

यहि चैत २२ र २३ गते काठमाडौंको चण्डोलमा हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनी तथा विज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

वर्डप्रेसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे अभिनाष कुण्डलीयाको विशेष प्रस्तुति रहनेछ । एआई प्रयोगले वेबसाइट कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे ज्ञान दिईने जनाएको छ ।

अनलाईन खबरको ‘५० प्रभावशाली महिला २०८१’ को सूचिमा पर्न सफल समाजसेवी सुभासिनी श्रेष्ठलाई वक्ताको रुपमा देख्न पाइने भएको छ। एसइओ विषेशज्ञ एडलिन दाहाल, डिजिटल मार्केटिङ कन्सलटेन्ट रामबाबु थापा, ग्राफिक डिजाइनर आशिका न्यौपानेका साथै वर्डप्रेसमा लामो समय कार्य गरिरहेका वर्डप्रेस विषेशज्ञहरु मिलन खनाल, नविन जयसवाल, साकार उपाध्याय खतिवाडा, सलोनी मेहता, सन्तोष कुँवर र शंकर सुब्बा लगायतको प्रस्तुति तथा कार्यशाला रहने छ ।

वर्डक्याम्पमा नेपाल, भारत, बंगलादेश, अमेरिका तथा युरोपेली देशका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

सूचना प्रविधिमा चासो राख्ने सहभागिहरुका लागि सम्मेलनको वेबसाईटबाट विस्तृत जानकारी लिन सकिनेछ भने टिकट खरीद गर्न सकिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ