+
Search

ताजा अपडेट +

पपुलर +

एम्बुलेन्सको वैज्ञानिक भाडादर तोक्न माग

three ambulance ready corona patient bidur municipality
डबली खबर
१ साल अगाडी

फागुन २५, नुवाकोट । नुवाकोट एम्बुलेन्स चालक सङ्घले प्रदेश सरकारमार्फत् गरिएको एम्बुलेन्स भाडादर प्रति आपत्ति जनाएका छन् ।

जिल्लास्थित नियमन निकायको सिफारिसमा बागमती प्रदेश सरकारले हालै निर्धारण गरेको भाडा कम भएको भन्दै समयसान्दर्भिक रुपमा भाडा बढाउनु पर्ने मागसहित जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख रामकृष्ण अधिकारीलाई बिहीबार नुवाकोट एम्बुलेन्स चालक सङ्घले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ, “एम्बुलेन्स व्यावसायी तथा चालकहरूका पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि जिल्लाभित्र चल्ने गाडीहरूको भाडा व्यवस्थित गर्न नियमनकारी क्षेत्र मातहतका सम्बन्धित निकायले छ हजार रुपैयाँभन्दा बढी तयारी गरिएको भाडादरको सूचि गत २०७९ असार २ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला ट्राफिक कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई बुझाएको थियो । तर, पेट्रोलियम पदार्थको एक्कासि १५/१५ दिनमा हुने मूल्यवृद्धिका कारण मूल्यवृद्धिको असर सर्वसाधारण जनताले नै भोगिरहेको अवस्था रहेको छ ।”

नुवाकोट एम्बुलेन्स चालक सङ्घका अध्यक्ष दिपक भुजेलले एम्बुलेन्स व्यवसायी समितिको गत माघ ८ को निर्णयानुसार एम्बुलेन्स भाडादर प्रति किलोमिटर वृद्धि गर्नुपर्ने माग राखेको बताए । तर, संघले दिएको सुझाव तथा राखेको मागलाई वेवास्था गर्दै गत फागुन २ गते प्रकाशित गरिएको नयाँ भाडादर प्रति सङ्घले गम्भीर आपत्ति जनाएको उनले बताए । उक्त भाडादर तत्कालै सच्याउनको लागी माग गरिएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ