+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम सहिद लखन थापाको १४८ औं स्मृति दिवस मनाइयो

lakhan thapa memorial day celebrated magar nuwakot
डबली खबर
१ साल अगाडी

३ फागुन, विदुर। नेपालका प्रथम सहिद लखन थापाको १४८औँ स्मृति दिवस शुक्रबार नुवाकोट पनि मनाइएको छ ।

नेपाल मगर सङ्घ नुवाकोटको आयोजनामा विदुरमा दीप प्रज्वलन गरी स्मृती दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाती महासङ्घ जिल्ला समन्वय समितिका अध्यक्ष तथा नेपाल मगर सङ्घ केन्द्रीय सदस्य भगवान रानामगरले देशकै प्रथम सहिद लखन थापामगरलाई केवल मगर समुदाय र यससँग सम्बन्धित सङ्घ संस्थाले मात्रै सम्झना गरेर कार्यक्रम गर्नु दुर्भाग्यपूर्ण अवस्था भएको बताए ।

कार्यक्रममा नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति नुवाकोटकी अध्यक्ष बच्चुमाया सुनारी मगर, नेपाल मगर महासङ्घ बागमती प्रदेश महिला सचिव शर्मिला थापामगरलगायतले नेपालका प्रथम सहिद लखन थापा मगरले निरङ्कुश राणाशासन बिरुद्धकाे आवाज उठाई प्रजातान्त्र स्थापनाका लागि लखन थापामगरको योगदानको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ