sujim advert

गगनको ‘म तिमी तिरै हेर्छु’ गीत सार्वजनिक

सुनील श्रेष्ठ     फाल्गुन २, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

gagan news song
bidur tax consultancy services in nuwakot

२ फागुन, विदुर । नुवाकोटका उदयमान गायक गगन श्रेष्ठले प्रणय दिवसको अवसरमा ‘म तिमी तिरै हेर्छु‘ गीत सार्वजनिक गरेको छ ।

शुक्रबार विदुरमा पत्रकार सम्मेलन गर्दै गायक श्रेष्ठ र नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापाले संयुक्तरुपमा उक्त गीत र भिडिओ सार्वजनिक गरेका हुन् ।

मञ्जिला श्रेष्ठको प्रस्तुति रहेको गीत गायक स्वयंको युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिने छ ।

गीतमा पविन बराईलीको सङ्गीत, कञ्चन मगर जिआरको शब्द र सञ्जिव बराईलीको संयोजन रहेको छ ।

गीतको म्युजिक भिडिओलाई निकेश खड्काले निर्देशन गरेको छ । दिनेश पराजुलीको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ ।

भिडिओमा गायक तथा नुवाकोट कलाकार समाजका अध्यक्ष प्रचण्डबाबु राई र स्मारिका ढकालले अभिनय गरेका छन् ।

नुवाकोट जिल्लाका धार्मिक, रमणीय तथा पर्यटकीयस्थलमा छायाँकन गरिएको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top