+
Search

ताजा अपडेट +

पपुलर +

नेवाः देय् दवूको अध्यक्षमा जोशी

newa dabu nuwakot
डबली खबर
१ साल अगाडी

२९ माघ, नुवाकोट । नेवार समुदायको छाता संगठन नेवाः देय् दवू नुवाकोटको अध्यक्षमा पुन: रामप्रसाद जोशी चयन भएका छन् ।

मङ्गलबार भएको संस्थाको दोस्रो अधिवेशनबाट पुन: जोशीको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । जोशीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा भोलाशङ्कर गुरुवाचार्य, उपाध्यक्षमा शान्ति प्रधान र पूर्णलाल श्रेष्ठ, सचिवमा विजयमानसिंह डङ्गोल र गीता श्रेष्ठ लवट र कोषाध्यक्षमा सरिता जोशी चयन भएका छन् ।

कार्यक्रममा विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ, नेवाः देय् दवूका केन्द्रीय उपाध्यक्ष तथा बागमती इञ्चार्ज शान्त श्रेष्ठ, केन्द्रीय सदस्य माईला डङ्गोल, बागमती प्रदेश सदस्य नरेन्द्र प्रधानलगायतले सरकारले नै सरकारी कामकाजको नेपालभाषालाई आफ्नो समुदायको संरक्षणको निमित्त मातृभाषालाई बोलचाल भाषामा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ