+
Search

ताजा अपडेट +

पपुलर +

आधारभुत तह पूर्वपरीक्षा सञ्चालन

pabson pre test eight 8 examination
डबली खबर
१ साल अगाडी

२२ माघ, नुवाकोट ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विदुर नगर समितिले पूर्वपरीक्षा सञ्चालन गरेको छ ।

आज मङ्गलबार माघ २२ गतेदेखि सुरु भएको परीक्षा ३० गतेसम्म सञ्चालन हुनेछ ।

नगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत विद्यालयहरुको आधारभुत तह अन्तर्गत कक्षा आठको नतिजा प्रभावकारी बनाउन पूर्वपरीक्षा लिईएको नगर समितिका अध्यक्ष रामराजा कुमालले बताए ।

परीक्षामा प्याब्सनमा आबद्ध १६ विद्यालयका ३३४ जना विद्यार्थीहरुले सहभागिता जनाएको उनले जानकारी दिए ।

नगर परीक्षाको लागि दुई केन्द्र तोकिएको छ ।

यसवर्ष जिल्लाभर संस्थागत रुपमा आधारभुत तह अन्तर्गत कक्षा आठमा ५४० जनाभन्दा बढी विद्यार्थीहरु रहेको प्याब्सन नुवाकोटले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ