+
Search

ताजा अपडेट +

पपुलर +

एसइई विद्यार्थीलाई परामर्श

डबली खबर
१ साल अगाडी

२० माघ, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको आयोजनामा एसइईको तयारी गरिरहेका जिल्लाका संस्थागत विद्यालयका विद्यार्थीहरुलाई प्रेरणादायी परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिन, तिनका भावना बुझ्न, समस्याको पहिचान र समाधानको उपाय खोज्ने पहिलो उपयुक्त माध्यम स्कुलमा परामर्श केन्द्रको भएकोले यस वर्षको परीक्षालाई केन्द्रीत गर्दै कार्यक्रम आयोजना गरिएको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए । शैक्षिक परामर्शलाई राष्ट्रको शिक्षा र मानव स्रोत विकासको योजनासँग जोड्नुपर्ने बताए ।

यसवर्षदेखि सुरु गरिएको परामर्श कार्यक्रमले आगामी दिनमा निरन्तरता पाउने बताए । साथै नुवाकोट शैक्षिक विकासको लागि प्याब्सनले कार्यक्रम ल्याउने उनले बताए ।

कार्यक्रममा मनोवैज्ञानिक परामर्शकर्ता ईश्वर श्रेष्ठले सहजिकरण गरेका थिए । विद्यार्थीहरूको मानसिक बल र शैक्षिक सफलताको लागि यस्ता प्रभावकारी कार्यक्रमहरू आयोजना गर्नु साँच्चै प्रशंसनीय उनले बताए । विद्यार्थीहरूलाई उनीहरूको परीक्षाको लागि सकारात्मक ऊर्जा, आत्मविश्वास र प्रभावकारी अध्ययन रणनीतिहरू प्रदान गर्न उनले परामर्श दिएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले कार्यक्रमबाट आफुहरुलाई एसइइ परीक्षाको तयारी र राम्रो नतिजा प्राप्त गर्नका लागि फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ