२ माघ, नुवाकोट । आज सत्ताइसौं राष्ट्रिय भूकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरि देशभर मनाईएको छ ।
दिवसका अवसरमा आज नेपाल रेडक्रस सोसाईटी र जिल्ला प्रशासन कार्यलयले संयुक्तरुपमा विदुरमा भूकम्प सुरक्षा र विपदपछिको उद्धार कार्य सम्बन्धिको कृत्रिम प्रदर्शन गरेको छ ।
यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर देशैभर दिवस मनाउन लागिएको हो ।
९० सालको भूकम्प गएतापनि २०५५ सालदेखिमात्र हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया