sujim advert

शेराबगरमा ग्रामीण आँखा केन्द्र सञ्चालन

डबली खबर     पुस २९, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

community eye checkup center in Shivapuri Rural Municipality
bidur tax consultancy services in nuwakot

२९ पुस, नुवाकोट । शिवपुरी गाउँपालिकाको शेराबगरमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । योसँगै जिल्लामा पाँच ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ ।

सोमबार एक कार्यक्रमका बीच शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले केन्द्रको उद्घाटन गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा गाउँपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

आँखाको स्वास्थ्य जाँच गराउन यसअघि सदरमुकाम विदुर तथा काठमाडौँ जानुपर्ने बाध्यता रहेकोमा केन्द्र सञ्चालन आएसँगै आँखाका बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिए ।

केन्द्रमा हाल नेत्र सहायक, अप्टिकलको सुविधासहित आवश्यक औषधि र चश्मा सेवा उपलब्ध छ ।

एक वर्षसम्मको लागि केन्द्रको आर्थिक व्यवस्थापन गैरअन्तराष्ट्रिय संस्था फ्रेड हेलोस्, तिलगङ्गा आँखा प्रष्तिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको दायित्व हुने जनाएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top