२६ पुस, नुवाकोट । वर्डप्रेस काठमाडौंको आयोजनामा यहि चैत २२ र २३ गते दुई दिने वर्डक्याम्प हुन लागेको छ ।
कार्यक्रममा वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।
वर्डप्रेससँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल, भारत,बंगलादेश, अमेरिका, युरोपेली मुलुकहरु जस्ता विभिन्न राष्ट्रबाट स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति हुनेछ ।
सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना हुँदै आइरहेको छ। वर्डक्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।

प्रतिक्रिया