+
Search

ताजा अपडेट +

पपुलर +

निरञ्जना माविले मनायो ६५ औं अभिभावक दिवस

डबली खबर
१ साल अगाडी

१९ पुस, नुवाकोट । बेलकोटगढी नगरपालिकामा सञ्चालित निरञ्जना माध्यमिक विद्यालयले आज एक कार्यक्रमका साथ आफ्नो ६५ औं अभिभावक दिवस मनाएको छ । विद्यालयको प्राङ्गणमा एक समारोहबीच विविध कार्यक्रमहरुको आयोजना गरेर निरञ्जना माविले अभिभावक दिवस तथा तथा खेलकुद सप्ताह मनाएको हो ।

निरञ्जना माध्यमिक विद्यालयको अभिभावक दिवस उद्घाटन गर्दै बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर पन्थको अध्यक्षतामा भएको कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

शुभकामना मन्तव्य राख्दै बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ

नगरप्रमुख गुरुङले शिक्षा विना मानव जीवनको परिकल्पना गर्न नसकिने भन्दै व्यक्ति शिक्षित भएमात्रै परिवार, समाज हुँदै राष्ट्र विकासको परिकल्पना गर्न सकिने बताए । विद्यालयबाट थुप्रै जनशक्ति उत्पादन भएको र आगामी दिनमा थप अब्बल बन्दै जाने बताए ।

विद्यालयले स्थापना गरेको अक्षय कोषमा नगरप्रमुख गुरुङले आफ्नो व्यक्तिगततर्फबाट ५० हजार रुपैँया सहयोग प्रदान गरेका छन् ।

यस्तै, अक्षय कोषमा निरज सेढाईँ परोपकार संस्थाबाट ५३ हजार ५०० रूपैँया, शिवराज अधिकारीबाट ५१ हजार १५० रूपैँया, मधुसूदन पाण्डेबाट ३० हजार रूपैँया, दिपेन्द्र वलिबाट ३० हजार रूपैँया, शिवहरी पाण्डेबाट २५ हजार रूपैँया सङ्कलन भएको छ ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष प्रल्लाद थपलियाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताए ।

पूर्व वडाअध्यक्ष पूर्णबहादुर त्रिपाठी, बलराम भट्ट, राजाराम पाण्डेलगायतले शुभकामना मन्तव्य राख्नुको साथै विद्यालयको चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नागेन्द्र पनेरुले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शिक्षण सिकाई क्रियाकलापमा सबैभन्दा बढी कक्षामा समय बेतित गर्ने शिक्षक गोकुल तिवारीलाई उत्कृष्ट शिक्षकबाट सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आआफ्नो कला प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुदका विजेताहरु र विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ