+
Search

ताजा अपडेट +

पपुलर +

हार्मोनियम सहयोग

डबली खबर
१ साल अगाडी

१५ पुस, नुवाकोट । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पाञ्चायन देवता मन्दिरलाई हार्मोनियम सहयोग गरेको छ ।

संस्थाले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा विदुर नगरपालिका-२ मा दम्कीमा रहेको मन्दिरलाई हार्मोनियम सहयोग गरिएको हो ।

सोमबार सहकारीका अध्यक्ष केशव मिश्र, निवर्तमान अध्यक्ष नारायण श्रेष्ठलगायतले मन्दिर संरक्षण समितिका अध्यक्ष ठाकुरप्रसाद पुडासैनीलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।

सहकारीले शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक, सामाजिक तथा विभिन्न क्षेत्रहरुमा सामाजिक कार्य गर्दै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ